५ बैशाख २०७३, आईतवार

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित भानु पार्टी प्यालेसमा ३० चैतमा आयोजित सांगीतिक कार्यक्रममा सुरक्षाका लागि खटिएको प्रहरी टोलीमाथि भएको कुटपिटको घटना मौखिक रुपमा मिलाइएको छ ।

६ जनाको टोलीले कमाण्ड गरेर सांगीतिक कार्यक्रमको सुरक्षार्थ गएका प्रहरी सहायक निरीक्षक समुन्द्र पन्तमाथि भएको कुटपिटको घटनालाई प्रहरी उपरीक्षककै मिलेमतोमा मिलाइएको छ । कार्यक्रम स्थलमा सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षकसहितको टोलीमाथि भएको कुटपिटको घटनालाई कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसी अधिकारीले सामान्य रुपमा लिँदै थामथुम पारेका हुन् । २०७२ सालको बिदाइ र नयाँ वर्षको स्वागका निम्ति आयोजित सांगीतिक कार्यक्रममा सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक पन्त र केही प्रहरी जवानमाथि स्टेजमै कुटपिट भएको थियो ।

कुटपिटमा आधा दर्जनभन्दा बढी मादक पदार्थ सेवन गरेका एकीकृत नेकपा माओवादी सम्बद्ध युवाहरु भए पनि प्रहरीले तीमध्येका दुईजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पुर्यामएको थियो । आजको राजधानी दैनिकमा खबर छ ।

LIVE TV