
नवलपरासी, नवलपरासीमा एक १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्नेमध्येका मुख्य आरोपित कृष्ण महतो पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीको टोलीले महतोलाई मोरङको विराटनगरबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
पक्राउ परेका महतोलाई शनिबार कावासोती ल्याइएको छ । बालिकालाई बलात्कार गर्ने आरोपितमध्येका अन्य दुईजना भने अभैm फरार छन् ।
महतोलाई आफन्तको घर लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । गत चैत १८ गते साँझ बालिकालाई तीनजनाको समूहले बलात्कार गरेका थिए । बालिकाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ ।
कावासोती नगरपालिका–१३ लौखानीका २५ वर्षीय महतो, २७ वर्षीय केशव थापा र कावासोती–१३कै बुढौलीकुना निवासी २६ वर्षीय विनोद गुरुङले बालिकामाथि सामूहिक बलात्कार गरेको भन्दै उनीहरुको नाममा प्रहरीमा किटानी जाहेरीसमेत परेको छ ।
घटनाको अभियुक्तविरुद्ध बालिकाका आफन्तले किटानी जाहेरी दिएको दुई साता बित्दासमेत पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना भएको थियो । रासस