४ बैशाख २०७३, शनिबार

भक्तपुर, बिस्केट जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) सम्पन्न भएको छ ।

bis jatra
आज बिहानैदेखि भक्तपुरका विभिन्न धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुले नगरका शक्तिपीठ तथा देवी देवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकु पटासी र दौरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका थिए । आजै, देवी देवतालाई सगुन पूजा गर्न आआफ्ना द्यो छें (देव घर)बाट निकाली चोक तथा डबलीमा राखिएको थियो । जात्राका क्रममा सहभागीले ती देवी देवतालाई आआफ्ना गच्छेअनुसारका परिकार चढाएका थिए ।

यो पूजा प्राचीनकालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख रहेको पाइन्छ । बिस्केट जात्राका क्रममा बिघ्नबाधा वा केही भुलचुक भए माफ पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन जात्राका रुपमा लिने गरेको भाषा वंशावलीमा समेत उल्लेख रहेको पाइएको संस्कृतिविद् ओम धौभडेलले जानकारी दिनुभयो । रासस

 

LIVE TV