४ बैशाख २०७३, शनिबार

काठमाडौँ, वाग्मती नदीलाई स्वच्छ र सफा तुल्याउने अभियानअन्तर्गत तीनकुने महादेवस्थान क्षेत्रमा आज नदीबाट नौ टन फोहर निकालिएको छ ।

bagmati
प्रत्येक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म वाग्मती सफाइ अभियान सञ्चालन हुँदै आएको छ ।

सो अभियानअन्तर्गत आज १५३औँ हप्ताको सफाइ अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ नगरपालिका, विज्ञापन सङ्घ, चलचित्र सङ्घ, गायत्री परिवार र जीवन विज्ञान संस्थाको सहभागिता थियो । रासस

 

LIVE TV