४ बैशाख २०७३, शनिबार

पोखरा, केही दिनयता तुवाँलोका कारण पोखरामा सञ्चालित प्याराग्लाइडिङमा दैनिक रु सात लाख घाटा हुने गरेको छ ।

para
प्याराग्लाइडिङमार्फत पोखरासहित उच्च हिमाली शृङ्खलाको दृश्यावलोकन गर्न आउने पर्यटक तुवाँलोका कारण प्रभावित बनेका त छन् नै यसले प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई पनि ठूलो मार परेको छ ।

पोखराको सराङ्कोटबाट दैनिक लगभग २०० को सङ्ख्यामा प्याराग्लाइड उड्ने गरेकोमा तुवाँलोका कारण त्यो सङ्ख्या आधा नै घटेको नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष सोभियत बानियाँले बताउनुभयो ।

“पोखरामा तुवाँलोका कारण १०÷१२ दिनयता एक किमि पनि भिजिविलिटी छैन”– उहाँले भन्नुभयो– “भिजिविलिटी नभएका कारण दृश्यावलोकनका लागि प्याग्लाइडिङ गर्ने पर्यटक प्रत्यक्ष मारमा परेका छन् भने व्यवसायीले दैनिक करिब रु सात लाख बराबरको घाटा बेहोर्नु परेको छ ।”

प्याराग्लाइडिङको आकर्षणसँगै दुई वर्षको अन्तरालमा नेपालमा यो सेवा सञ्चालन गर्ने कम्पनी तेब्बर बढेको जानकारी गराउँदै उहाँले पोखरामा मात्रै हाल ४५ वटा कम्पनीले उडान गरिरहेको बताउनुभयो । रासस

 

LIVE TV