४ बैशाख २०७३, शनिबार

केही दिन अघिमात्र एकातिर फिल्म प्रेम गितको युनिटले सफलताको ५१ दिन मनाएको छ भने अर्को तिर फिल्मको युनिटलाइ फिल्म पाइरेसिको तनाब पनि केही दिन अघिनै झेल्नु पर्यो । फिल्मको युनिटले पाइरेसिको तनाब बाट केही हद सम्म मुक्त भएका छन ।फिल्म लाइ गैर कानुनी रुपमा कपि र बितरण गरी रहेको अबस्थामा प्रहरीले ति ब्यक्तीहरुलाइ पव्रmाउ गरी सकेको छ ।कोटेश्वर क्षेत्रको मोबाइल पसल र साइबरमा फिल्म कपि भइरहेको भेटेपछि ।ति क्षेत्रका प्रहरीले सबन्धीत कपि गराउने र गर्ने ब्यक्तीहरुलाइ पव्रmाउ गरेका हुन ।पव्रmाउ परेका मध्य केही तारीखमा छुटेको र केही जेलमै रहेको जानकारी फिल्मको युनिटले दिएका छन ।
vlcsnap-2016-04-16-16h54m43s098
हङकङमा फिल्मको बिशेश शो गरी फर्केका फिल्म प्रेमगितका निर्माता सन्तोष सेनले ति स्थानमा अन्य हालसालै रीलिजमा आएका फिल्महरुको गैर कानुनी रुपमा कपि गर्ने कार्य भैरहेको पाइकाले पाइरेसिको श्रोतमै गएर पाइरेसिलाइ निर्मुल पार्ने काममा सव्रmीय भइरहेको बताएका छन ।
vlcsnap-2016-04-16-16h54m20s212
हङकङमा बिशेश शोको लागि गएका सन्तोषले हङकङमा दर्शकहरुले फिल्मलाइ राम्रो रेस्पोन्स दिएकोले थप शो हङकङमा गरीन लागिएको पनि जानकारी गराए ।अन्य बिभिन्न देशमा पनि फिल्मको शोको तयारी भइरहेको जानकारी सन्तोषले गराए ।फिल्मका नायक प्रदीप खड्का हङकङमा पाएको दर्शकको साथ बाट दंग देखीन्थे ।
vlcsnap-2016-04-16-16h53m35s377
आशुसेन फिल्मसको ब्यानरमा सुदर्शन थापाले निर्देशन गरेको प्रेमगित यस बर्ष बक्स अफिसमा राम्रो ब्यापार गर्न सफल भएको थियो ।फिल्ममा प्रदीप खड्का र पुजा शर्मा मुख्य भुमीकामा रहेका छन ।

LIVE TV