४ बैशाख २०७३, शनिबार

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले जापानमा गएको शक्तिशाली भूकम्पका कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ ।

pm oli
प्रधानमन्त्री ओलीले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

“प्रधानमन्त्रीले दुःखको यस घडीमा जापान सरकार र जापानी जनताप्रति सहानुभूति समेत प्रकट गर्नुभएको छ ।” प्रेस संयोजक अधिकारीले भन्नुभयो ।

जापानको दक्षिणी क्षेत्र कुमामोटोमा शुक्रबार ७.३ रिक्टर स्केलको भूकम्पका कारण ११ जनाको मृत्यु भएको छ भने सयौँंको सङ्ख्यामा मानिस घाइते भएका छन् भने दर्जनौँ नागरिक भग्नावशेषमा फसिरहेको अनुमान गरिएको छ । रासस

 

LIVE TV