४ बैशाख २०७३, शनिबार

 

सिमरा: हिन्दु स्वयम् सेवक संघ नेपालले शनिबार बीरगन्जमा गर्ने शान्ति रक्षा दौड सहभागी हुने बलिउडका चर्चित अभिनेता मुकेश खन्ना आइपुगेका छन्।

 

उक्त दौडमा प्रमुख अतिथिको रुपमा उपस्थित हुन अभिनेता मुकेश खन्ना शुक्रबार काठमाडौं हुँदै सिमरा विमानस्थलबाट वीरगन्ज आइपुगेका हुन्।

mukesh-khanna-on-gujrat-narender

 

उनी  शान्ति रक्षा दौडमा सहभागी भएर शनिबार नै भारत फर्किने बताइएको छ।

 

बीरगन्जमा आयोजना हुने शान्ति रक्षा दौडमा करिब एक हजार जनाले भाग लिने हिन्दु स्वयम सेवक संघ बाराका सदस्य सुवास जयसवालले जानकारी दिए।

 

उनका अनुसार शान्ति र सदभावका लागि यो र्यालीको आयोजना गर्न लागिएको हो। यसअघि बारामा वैशाख २ गते शान्ति रक्षा दौड आयोजना गरिएको  थियो। – अन्नपुर्ण  पोष्ट

 

LIVE TV