३ बैशाख २०७३, शुक्रबार

प्यूठान, आज बिहान भएको आगोलागीमा परी घाइते भएका एक बालकको प्यूठानमा मृत्यु भएको छ ।

fire
धुवाङ गाविसमा लागेको आगोले जलेर धुवाङ–८ अम्मरेका ११ वर्षीय बालक नोमबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय सूर्यबहादुर नेपालीको घर नजिकै मदाने सामुदायिक वनमा लागेको आगो हेर्न गएका बेला सूर्यका छोरा नोमबहादुरको जलेर मृत्यु भएको बुबा सूर्य नेपालीले बताउनुभयो ।

आगोले जलेर गम्भीर घाइते बालकलाई उपचारका लागि लैजाँदा गर्दा बाटैमा मृत्यु भएको हो । मृतकका भाइ र आमासमेत उनलाई आगोबाट बचाउन खोज्दा घाइते भएका छन् ।

धुवाङ गाविसको ७ र ८ वडामा रहेको सामुदायिक वनमा विगत तीन दिनदेखि आगलागी भइरहे पनि आगलागी नियन्त्रण लागि पहल नभएको स्थानीयवासीको गुनासो छ । रासस

 

LIVE TV