३ बैशाख २०७३, शुक्रबार

समाधिमा लीन भएको नौ दिनसम्म पछि पनिसकुशल निस्किए कृष्णदास महाराज रामानन्दाचार्य, विज्ञानका लागि चुनौती बनेको रामानन्दाचार्यको समाधि रहस्यमय

????????????????????????????????????

भनिन्छ योगले विज्ञानले असम्भव ठह¥याएका अपत्यारिला कदमहरुलाई सम्भव तुल्याइदिन्छ । २१ औं शताब्दीको वैज्ञानिक युगमा पनि विज्ञानलाई चुनौती दिदै पोखरामा एक योगीले यो तथ्यलाई स्वीकार्न बाध्य बनाएका छन् ।

सेवापीठ चतराका संस्थापक संरक्षक सिद्धबाबा श्रीबैष्णव कृष्णदासजी महाराज रामान्दाचार्यले ९ दिने समाधि सफल पारेका छन । उनी पोखराको लक्ष्मीनारायण मन्दिर स्थित जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ कार्यालयमा समाधिमा बसेका थिए । उनी ९ दिन अघि चैत्र २७ गते समाधिमा लीन भएका थिए । उनि चिकित्सा विज्ञानलाई नै चुनौती दिदै शुक्रबार करिव १० बजे समाधिबाट उठन सफल भएका हुन ।

ba

समाधिका लागि बाहिर चारै तिरबाट प्लाष्टिकले बेरिएका ५ फिट लम्वाई र ३ फिट चौडाई भएको काठको बाकस जसमा ४ वटा ताल्चा लगाईएको थियो जसमा सिद्धबाबा समाधिमा बसेका थिए । सो बाकसलाई चारैतिरबाट बालुवाले पुरिएको थियो साथै बालुवामा रोपिएको जौ उम्रेर पहेलै जमरा बनेको थियो । उनि समाधि अवस्थाबाट जगतिक हुँने वेलामा जव बाकस खोलियो तव उनि मस्त निन्द्रामा सुतेजस्तो अवस्थामा देखिन्थे ।

समाधिमा लीन हुनु पुर्व गरिएको उनको स्वाथ्य जांचमा सवै कुरा सामान्य रहेकोे र समाधि पश्चातको स्वास्थ्य परीक्षणमा पनि उस्तै स्थिति रहेकोमा उनको समाधिलाइ नजिकबाट हेरेका चिकित्सकहरु समेत आश्चर्यमा परेका छन् । यसरी बिना खानपिन र बिना अक्सिजन समाधिमा जानु चुनौतीपूर्ण रहेको हुंदा अनुसन्धानको बिषय रहेको बताउँछन बरिष्ट मुटुरोग विशेषज्ञ डा नारायण गौतम ।

खानपीन बिना मानिस २१ दिन सम्म पनि बांच्न सक्ने बताउदै तर यसरि विना अक्सिजन नौ दिन सम्म सकुसल रहन सक्नु चिकित्सा विज्ञानका लागी अनुसन्धानको विषय भएको उनको भनाइ छ ।

कृष्णदासजी महाराज रामान्दाचार्यले पहिलो पटक २०६५ सालको रामनवमीमा पनि सुनसरीको चतराधामको भुमिमा पनि समाधिमा बसेका थिए । पोखराको रामघाट लक्ष्मीनारायण मन्दिर स्थित नरनारायण आश्रम परिसरमा रामनवमीको अवसर पारेर गरिएको यो कार्यले पक्कै पनि विज्ञानलाइ चुनौती त दिएकै छ नै यस्का साथै योगको शक्तिप्रति धेरैको विश्वास पनि जागेको छ ।

 

 

LIVE TV