
काठमाडौँ, नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार खुबिराम आचार्यको ९२ वर्षको उमेरमा आज निधन भएको छ ।
माओवादी अध्यक्ष मोहन वैद्यले आज श्रद्धाञ्जलि विज्ञप्ति जारी गर्दै आचार्यको निधनबाट देश, जनता र क्रान्तिका लागि ठूलो क्षति भएको बताउनुभएको छ ।
आचार्यले जयतु संस्कृतम् आन्दोलन हुँदै नेपाली कम्युनिस्ट आन्दोलन तथा जनवादी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष वैद्यले आचार्यको निधनले आफूहरु निकै दुःखित तथा स्तब्ध भएको बताउँदै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । रासस