३ बैशाख २०७३, शुक्रबार

मोरङ, विद्युत् चोरी गर्ने आठजनालाई प्रहरीले मोरङको सोराभाग र कदमाहाबाट गएराति पक्राउ गरेको छ ।

bbb
सशस्त्र प्रहरी बल रङ्गेली, स्थानीय प्रहरी चौकी र नेपाल विद्युत् प्राधिकरण रङ्गेलीबाट खटिएको टोलीले सोराभाग–५ र कदमाहा ३, ६ र ८ नं वडामा तारको सहयोगमा विद्युत् चोरी गर्ने आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कदमाहा–८ का सचिन कामत, भरतलाल ठाकुर, राजकुमार शर्मा, गङ्गा शर्मा, कदमाहा–३ का गर्जु मण्डल, कदमाहा–६ का इन्द्रकान्त झा, सोराभाग–५ का शुभदेव मण्डल र उपेन्द्रकुमार शाह छन् ।

पक्राउ परेकालाई प्रहरी चौकी कदमाहामा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, रङ्गेलीले जनाएको छ । रासस

 

LIVE TV