३ बैशाख २०७३, शुक्रबार

फिल्म ‘गाजलु’ को युनीटले प्रेसमीटको आयोजना गर्दै अफिसियल प्रोमो सार्वजनीक गरेको छ । फिल्म‘गाजलु’मा मुख्य कलाकारहरु अनमोल केसि, सृष्टि श्रेष्ठको जोडि नसुहाएको पछिल्लो समयमा धेरै सुनिदै आएका छौं । प्रोमो सार्वजनिक कार्यक्रममा केही पत्रकारहरुले यस कुरालाई लिएर प्रश्न पनि गरेका थिए, तर निर्माण पक्षले भने केहि प्रतिकृया दिएनन् । फिल्म रीलीज पुर्व केहि भन्न नमिल्ने बताउँदै पहिले फिल्म हेर्न आग्रह गरेका छन् । त्यस्तै फिल्मका निर्माण पक्षले कलाकारहरुको माग अनुसार नै पारीश्रमिक पे गरेका बताएका छन् ।
वास्तबमा सृष्टि भन्दा अनमोल उमेरले कान्छो हो भनेर सबैलाई थाहा भएकै कुरा हो । फिल्ममा पनि अनमोल भन्दा सृष्टि जेठि नै रहेकी छिन् । ‘गाजलु’मा अनमोल र सृष्टिको प्रेमकथालाई प्रस्तुत गरीएको छ । त्यस्तै फिल्ममा नायिका सृष्टिले कुमारीको भुमिकामा अभिनय गरेकी छिन् ।
vlcsnap-2016-04-15-14h13m35s410
फिल्म ‘गाजलु’लाई हेमराज बिसिले निर्देशन गरेका छन् । ‘गाजलु’को कथाबस्तुलाई अनुसन्धान गरेर कलाकारहरु तयार पारीएको निर्देशक बिसिले बताए । त्यसैले अनमोल र सृष्टिको  जोडिलाई पनि निर्देशक बिसिले नै रोजेका हुन् भन्ने आमीले आँकलन गर्न सक्छौं ।
vlcsnap-2016-04-15-14h14m14s163
‘गाजलु’फिल्ममा अनमोल केसि,सृष्टि श्रेष्ठ,सलोन बस्नेत, गौरब पहारी,गौरी मल्ल,मेनुका प्रधान लगाएत कलाकारहरुले अभिनय गरेका छन् । फिल्म यहि जेष्ठको २८ गते दर्शकमाझ प्रदर्शनमा आउँदैछ । फिल्म ‘गाजलु’का निर्माताको रुपमा रोहीत अधिकारी रहेका छन् । निर्माता अधिकारीले फिल्मको बारेमा बोल्दै फिल्म निर्माणमा निरन्तरता दिने पनि बताएका छन् ।
vlcsnap-2016-04-15-14h14m20s256
केहि दिन अघि ‘गाजलु’फिल्मको एउटा गीत रीलीज भएको थियो । उक्त गीतले अहिले चर्चा पाईरहेको छ । फिल्म ‘गाजलु’को प्रोमो सार्वजनीक कार्यक्रममा निर्माता रोहित अधिकारी,निर्देशक हेमराज बिसि,कलाकार अनमोल केसि,सृष्टि श्रेष्ठ,सलोन बस्नेत, गौरब पहारी, र बितरक गोबिन्द शाही लगाएत बाक्लो फिल्मकर्मीका साथै पत्रकारहरु पनि उपस्थित थिए ।
‘गाजलु’फिल्मबाट पुर्व मिस नेपाल सृष्टि श्रेष्ठले फिल्म ईन्डष्ट्रिमा करीअर सुरु गरेकी छिन् । अनमोल केसि अभिनीत ‘गाजलु’ चौथो फिल्म रहेको छ । ‘गाजलु’फिल्म भन्दा पहिले नै अनमोलले तिन वटा सफल फिल्म होस्टेल,जेरी र ड्रिम्स फिल्महरुमा काम गरीसकेका छन् । फिल्मका संगीत हर्कुलस बस्नेतले दिएका हुन् ।
vlcsnap-2016-04-15-14h14m20s256vlcsnap-2016-04-15-14h15m19s323vlcsnap-2016-04-15-14h17m01s983vlcsnap-2016-04-15-14h17m21s580vlcsnap-2016-04-15-14h17m48s049vlcsnap-2016-04-15-14h18m09s554

LIVE TV