३ बैशाख २०७३, शुक्रबार

एमालेको जारी केन्द्रीय समितिको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो, प्रतिवेदनमाथि उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने ।

uml

नेकपा एमालेको जारी केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदनमाथि उठेका प्रश्नको आज जवाफ दिने हुनुभएको छ ।
अध्यक्ष ओलीले जवाफ दिएपछि आज नै बैठक सकिने एमालेले जनाएको छ । अध्यक्ष ओलीले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफल हिजो सकिएको हो । हिजोको बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावलले प्रतिवेदनमाथि आफ्नो धारणा राख्नुभएको थियो । नेताहरुले सरकारको काम प्रभावकारी बनाउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । एमाले नेताहरुले पार्टीभित्रको एकता बलियो बनाउन, गुटबन्दी अन्त्य गर्न र संस्थागत रुपमा पार्टी चलाउनुपर्नेमा जोड दिएका छन् ।

LIVE TV