३ बैशाख २०७३, शुक्रबार

जापानको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा कम्तिमा ९ जनाको ज्यान गएको छ । भूकम्पका कारण धेरै भवन भत्किएका र भग्नावशेषमा मानिस पुरिएको हुन सक्ने सरकारी अधिकारीले बताएका छन् ।भूकम्पपछि सुनामीको चेतावनी भने दिएको छैन ।

_89236309_45422852-d01b-4b93-ae95-f35557bdc118

भूकम्पका कारण १६ हजार घरमा बिजुली तथा ३८ हजार भन्दा धेरै घरमा ग्यासको आपूर्ति बन्द भएको छ ।  क्युशु आइल्याण्डको कुमामोटो शहरको पूर्वी तट केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प गएको ४० मिनेटपछि ५ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको थियो । केही भागमा ९ रेक्टर स्केलको जतिकै असर परेको जापनका अधिकारीले बताएका छन् । भूकम्पमा परि घाइते भएका ४५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।– एजेन्सीको सहयोगमा

 

LIVE TV