३ बैशाख २०७३, शुक्रबार

 

साउदी अरबको रियादस्थित नेपाली दूतावासका कावा राजदूत आनन्दप्रसाद शर्मामाथि आज आक्रमण भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार दूतावासमा शरण लिइरहेका एक नेपाली युवकले नै शर्मामाथि आक्रमण गरेका हुन् । घाइते शर्माको साउदी अरब किङ पैmसाल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

saudi dut

आक्रमणकारीलाई साउदी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाएको छ । आक्रमणबाट घाइते भएका शर्माको स्वास्थ्य अवस्था खतरामुक्त छ । मन्त्रालयले कूटनीतिक पदाधिकारीमाथि भएको आक्रमणको भत्र्सना गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

LIVE TV