
जापानी सांसदहरुले आफ्नो सरकारले भूकम्पपछि नेपाललाई दिएको राहत र पुनर्निर्माण सहयोगको पारदर्शिता र सदुपयोगबारे प्रश्न उठाएका छन् ।
मुलुकको ऐन प्रतिस्थापनका लागि बृहत अध्ययनका क्रममा रहेको विधायन समितिका सदस्य रहेको प्रतिनिधिमण्डलका सदस्यसमक्ष बिहीवार जापानको प्रतिनिधिसभामा भएको भेटवार्तामा जापानी सांसदहरुले त्यस्तो प्रश्न उठाएका आजको अन्नपूर्णमा समाचार छ ।

करिब नौ हजारको ज्यान लिने र करिब २२ हजारजना घाइते बनाउने गरी एक वर्षअघि नेपालमा गएको विनाशकारी भूकम्पले करिब आठ लाख घर भत्काएर ती घरमा बस्नेलाई सडकमा ल्याएदिएको सन्दर्भमा उल्लखे गर्दै जापानी सांसदले भूकम्प प्रभावित क्षेत्रका नेपाली जनातको अवस्थाबारे चासो राखे ।
जापान सरकारसहित जापानका विभिन्न संघसंस्थाबाट करिब ३२ अर्ब येन नेपाल पठाइएको थियो ।