२ बैशाख २०७३, बिहीबार

वेपत्ताहरुको बारेमा छानविन गर्न मागिएको उजुरी दिन जिल्लाहरुमा देखिएन उत्साह , न्यायका लागि निवेदन माग्नु आफैमा अन्याय भएको महसुस

aba

द्धन्द्ध व्यबस्थापनको दशौं वर्ष भएपनि कतिपयमा त्यतिबेलाको घाउँ अझै पनि आलै छ । मनको पीडाको भने अझै व्यबस्थापन हुन सकेको छैन । मारिएकाहरुको परिवारजन विछोडको पीडामा बसेपनि बेपत्ता पारिएका परिवारमा मनमा भने कतै आफ्ना आफन्त फर्कि पो हाल्छ की भन्ने आशा जीवितै छ । पछिल्लो समय बेपत्ता छानबिन आयोगले पीडितका परिवारको निवदेनसम्म माग्ने काम गरेपछि उनीहरुमा खुशीको सञ्चार भएको छ । तर तत्काल केहि भैहाल्छ भन्नेमा भने उनीहरुको शंकै छ ।

उनी हाम्रो क्यामेरा अगाडि यसरी भक्कानिएर रोइन् । आफ्नो सन्तान बेपत्ता भएको घाउँ उनको मनमा नराम्ररी गडेको वर्षौ भैसक्यो । न लाश न शासको ठेगान लाग्न सक्दा उनी जस्तै धरैमा द्धन्द्धको घाँउ अहिले खत बनेर बसेको छ । १० वर्षे शसस्त्र द्धन्द्धका समयमा ज्यान गुमाउनेको पहिचान भएपनि बेपत्ता भएकाहरुका भने अहिलेसम्म अत्तोपत्तो हुन नसक्दा न्याय नपाएको गुनासो परिवारहरुको छ । अझ सबभन्दा बढी त कतै आफ्ना सन्तान वा परिवारको सदस्य जीवित नै छन् की भन्ने आशा उनीहरुमा मरेको छैन । राज्य पक्ष वा विद्राही पक्ष जसबाट बेपत्ता पारिएको भएपनि धेरैको सहि तथ्याङक समेत आउन नसकेको अबस्था छ । के कति कारण र किन बेपत्ता पारिएको भन्नको निक्र्यौल हुन नसक्दा समेत द्धन्द्धको घाउँमा नुन छर्किने काम भैरहेको पीडितहरुको दुखेसो छ ।

लामो समयसम्म न्यायको बाटो कुरेर बसेकाहरुमा न्याय दिलाउने राजनीतिक दलको इच्छाशक्ति कमजोर देख्दा अहिले परिवारका सदस्यलाई केहि भैछाल्छ की भन्नेमा विश्वास भने पटक्के लागेको छैन । त्यसको उदाहरणका रुपमा बिहीबार जिल्लका प्राय शान्ति समितिका कार्यालय सुनसान जस्तै भए । कतै कतै २।३ जनाले मात्र नाम दर्ता गराउने जागँर देखाए ।

शान्ति प्रक्रिया शुरु भएपछि न्यायको आशा गरेका पीडित परिवारले यतिका सम्म पनि कुनै प्रक्रिया अगाडि बढ्न नसक्दा आजित भैसेका थिए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन भएपश्चात पनि यसले प्रभावकारी रुपमा काम गर्न सकेन । जसले पीडितका मनमा थप पीडा दियो । कहिले ऐनको अभाव त कहिले राजनीतिक असहयोगमा यो नामको मात्र आयो भयो । बल्लतल्ल संविधान जारी भएपछि करिब १ दशक पछि नै अब यसले जिल्ला स्तरमा पहिलो चरणमा निवेदन संकलनको काम गर्दै बामे सर्न थालेको छ ।

न्याय आफै दिलाउने ठाउँमा न्यायकालागि निवेदन देऊ है भनेर निवदेन माग्नु आफैमा अन्यायको महशुष गरेको उनीहरु बताउँछन् । नओभाएको आँशुले अब एक पल्ट कि लाश कि त सासको टुङ्गो लागेको हेर्ने उनीहरुमो झिनो आशा छ ।

 

 

LIVE TV