२ बैशाख २०७३, बिहीबार

शेयर बजारले १४ सय अंक पार गरेको छ । नयाँ वर्ष सुरु भएको दोस्रो दिन नेप्से १७ दशमलव १५ अंकले बढेर १ हजार ४ सय ५ दशमलव ७८ अंकमा कारोवार भएको छ ।

seyer

.दिनभरिमा १ सय २७ वटा कम्पनिको ११ लाख ५४ हजार ७ सय ७५ कित्ता शेयर २ हजार ६ सय २३ पटक खरिदविक्रि हुँदा कुल ५५ करोड ९६ लाख ७५ हजार ८० रुपैँयाको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल टेलिकमको ३ करोड ९३ लाख ९१ हजार ३ सय ७० रुपैँयाको शेयर कारोबार भएको छ  भने नविल बैँक, नेपाल बैँक र सिटिजन बैँकको पनि ३ करोडमाथिको कारोबार भएको छ ।

विहिबार सबै समूहहरु सकारात्मक रहेको बजारमा सबैभन्दा धेरै बिमा समूह ५८ दशमलव ५६ अंकले बढ्यो ।

त्यस्तै, उत्पादनमूलक, विकास बैँक, होटल, वाणिज्य बैँक, फाइनान्स र जलविद्युत् क्रमशः ३२ दशमलव ८, २३ दशमलव ९५, २१ द्यशमलव ७, १७ दशमलव ९६ , ११ दशमलव ५६ र ७ दशमलव १९ अंकले बढेका छन् । अन्य समूह विहिबार स्थिर रहेको छ ।

 

LIVE TV