
यी खानाले मिर्गाैलाको पत्थरी हुने भएकाले यस्ता खानाको मात्रालाई कम गर्नुपर्छः
– माछा, मासुजस्ता खाद्य बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गई मिर्गाैलामा पत्थर बन्न सक्छ ।
– कफी, बजारमा पाइने चिसो पेय पदार्थ (कोला), चियाजस्ता क्याफिनयुक्त पेय बढी पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गई मिर्गाैलामा पत्थर बन्न सक्छ ।
– दुग्ध परिकार बढी खाँदा पनि पिसाबमा क्याल्सियमको मात्रा बढ्न जान्छ, जसले मिर्गाैलामा पत्थर सिर्जना गरिदिन सक्छ ।
– कृत्रिम गुलियो पदार्थ बढी खानाले पनि पत्थरीको समस्या देखापर्न सक्छ ।
– बढी नुन खाँदा पनि शरीरमा क्याल्सियमको मात्रा बढ््ने र पथरी हुन नदिने सिट्रेटको मात्रा घट्ने भएकाले मिर्गाैलामा पत्थर बन्न सक्छ ।
– कुरिलो, चकलेट, चुकन्दर, स्ट्रबेरी, प्याज र लसुनको पत्ता, धनिया, हाडेबदाम, बदम, काजु, भटमासका परिकार, गेडागुडी, जौंजस्ता खाने कुरा बढी खाँदा पनि मिर्गाैलाको पत्थरी हुने जोखिम हुन्छ ।