२ बैशाख २०७३, बिहीबार

अब रेल मार्ग र फाष्ट ट्रयाक निर्माण कार्यमा सरकार दत्तचित्त भएर लाग्ने प्रधानमन्त्री ओलीको कथन, लोडसेडिङ हटाउने अभियान तीब्र गतिमा

pm yuba

प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमा अब रेल मार्ग बनाउने र फाष्ट ट्रयाक निर्माणको कार्यमा सरकार दत्तचित्त भएर अघि बढ्ने बताउनुभएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार नेकपा एमाले सम्बद्ध युवा संघ नेपालले बुझाएको ३६ बँुद्धे ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले देश विकासको निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । उँहाले राष्ट्रियताका सवालमा अब कसैको प्रश्न नउठने ठाउँ समेत नरहेको तर्क समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले लोडसेडिङ हटाउन सरकारले विभिन्न जलविद्युत आयोजनाहरुको द्रुत गतिमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको दाबी समेत गर्नुभयो ।

सरकारले घोषणा गरेको मुलुकको आर्थिक विकास र समृद्धिमा आम युवाहरुको समर्थन रहने भन्दै र सरकारको आगामी नीति तथा कार्यक्रमहरुमा विभिन्न मुद्दाहरु समेटिनुपर्ने माग राख्दै नेकपा एमाले सम्बद्ध युवा संघ नेपालले प्रधानमन्त्री ओलीलाई ३६ बुद्धे ज्ञापन पत्र बुझाएको हो  ।

LIVE TV