२ बैशाख २०७३, बिहीबार

नयाँ वर्ष २०७३ साल सँगै हामीले २०७२ सालमा निकै चर्चामा रहेका फिल्मी गीतहरुको समिक्षा गर्दैछौं ।
१.पारी त्यो डाँडामाः फिल्म (रेशम फिलीली)

klcghm
गत बैशाख ११ गते रीलीजमा आएको फिल्म रेसम फिलीलीले अपेक्षा गरेअनुसार दर्शकहरुको साथ पाउन नसकेपनि फिल्ममा रहेको पारी (त्यो डाँडामा…) बोलको गीतलाइ भने दर्शकहरुले निकै रुचाएका थिए । पारी त्यो डाँडामा बोलको उक्त गीतको प्यारोडि म्युजिक भिडियोहरु पनि युट्युभमा निकै भेटिन्छन् । बिनय श्रेष्ठ र मेनुका प्रधानले फिल्ममा फिचरीङ गरेका उक्त गीत र संगीत काली प्रसाद बास्कोटाको रहेको छ । प्रणब जोसिले नृत्य निर्देशन गरेका हुन् ।
२.सुर्के थैली खैः फिल्म(वडा नम्बर ६)

000212
त्यस्तै तग बर्ष बक्स अफिसमा राम्रो ब्यापार गर्न सफल फिल्म वडा नंम्बर ६मा रहेको (सुर्के थैली खै..) बोलको गीतले पनि निकै चर्चा पाएको छ । राजन शिवकोटि,अन्जु पन्त,राजु बिश्व कर्माको स्वरमा रहेको (सुर्के थैली..) बोलको गीतलाई राजन राज शिवकोटिले संगीत दिएका छन् । त्यस्तै राजन शिवकोटिकै शब्द रहेको छ । शंकर बिसिले गरेको नृत्य निर्देशनमा दयाहाङ राई, प्रियंका कार्की, दीपा श्री निरौला,दीपक राज गीरी, विल्सन बिक्रम राई,जीतु नेपाल लगाएतले फिचरीङ गरेका छन् ।
३.म यस्तो गीत गाउँछुः फिल्म(प्रेमगीत)

dtruj6
फिल्म प्रेमगीतको कभर(म यस्तो गीत गाउँछु..) बोलको गीतले पनि रामै्र दर्शकहरुको साथ पाएको छ । केहि साता अघि मात्रै फिल्म ५१ दिन हलमा लागेको खुशियाली बाँडेको थियो । म यस्तो गीत गाउँछु बोलको कभर गीलाई अन्जु पन्त र सुगम पोखरेलले स्वरबद्ध गरेका छन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । त्यस्तै रेनेशा बान्तवा राईले नृत्य निर्देशन गरेकी छिन्, प्रदीप खड्का र पुजा शर्माले उक्त गीतमा फिचरीङ गरेका छन् ।
४.तिम्रो फिगर कोका कोलाः फिल्म(अर्धकट्टी)

kjkjtghobj
फिल्म अर्धकट्टिको (तिम्रो फिगर कोका कोला)बोलको गीत पनि गत बर्ष चर्चामा रहेको गीत हो । बसन्त सापकोटाले संगीत दीएका उक्त गीतलाई जोनीशा पौडेल र प्रह्लाद तिमल्सीनाको स्वर रहेको छ । किरण माईकलको शब्द रहेको छ । यस गीतलाई नेवारी भर्सनमा पनि निकालीएको थिायो । नेवारी भर्सनको उक्त गीतलाई यमन श्रेष्ठ र अशिष्मा नकर्मीले स्वर दिएका छन् ।
५.नाचन मैया नाचनःफिल्म(कबड्डी कबड्डी)

21251546
रोमान्टिक कमेडि फिल्म कबड्डी कबड्डीमा रहेको गीत (नाचन मैया नाचन..) बोलको गीत पनि गत बर्ष दर्शकहरुले निकै रुचाएका गीत हो । दयाहाङ राई,सौगात मल्ल र रीस्मा गुरुङले फिचरीङ गरेका उक्त गीतलाई अल्मोडा राणा उप्रेतीले एरेन्ज गरेका हुन् । निर्देशक निश्चल बस्नेतले स्वरबद्ध गरेका छन् । शब्द तथा संगीत भने काली प्रसाद बास्कोटाको रहेको छ ।

sarad

LIVE TV