
बैशाख १० मा रिलिज हुने फिल्म ‘बाटो मुनिको फूल 2’को अफिसियल गीत रिलिज भएको छ । ‘यो मेरो जीन्दगी को’ बोलको केहि डायलग सहितको गीतमा दिलिप र ऋचालाई प्रेमिल भावमा देख्न सकिन्छ । चियाबारीदेखि घर तथा बरपिपल छेउका दृश्यमा ऋचा र दिलिपको जोडी जमेको देखिन्छ । सार्वजनिक गीतमा अमेरिका हानिएका अभिनेता दिलिप रायमाझी र अभिनेत्री ऋचा शर्मा फिचरिङमा छन् ।
फिल्ममा यशकुमारसँगै बाबु बोगटी, रिमा विश्वकर्मा र अशिष्मा नकर्मी पनि लिड रोलमा छन् । सुवर्ण थापा निर्देशित यो फिल्म यशकुमारको प्रस्तुतीमा तयार भएको हो ।