१ बैशाख २०७३, बुधबार

नयाँ वर्ष २०७३ सालको आगमन सँगै २०७२ लाई हामीले बिदा गरेका छौ । आज हामीले वर्ष समिक्षाको रुपमा ०७२ सालमा चलेका तथा दर्शकहरुले रुचाएका हाम्रो फिल्म ईन्डष्ट्रिका अनस्क्रीन जोडिहरुको चर्चा गर्दैछौं  ।
१.अनमोल केसि र साम्राज्ञी राज्य लक्ष्मी शाह

01
पछिल्लो पुस्ताका युवास्टार अनमोल केसि र नव नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई नयाँ पुस्ताका दर्शकहरुले निकै रुचाएका छन् । भुवान केसिको निर्देशन डेब्यु रहेको फिल्म ड्रिम्स फिल्ममा अनमोल र साम्रज्ञीले लीड रोलमा अभिनय गरेका थिए । भुवान केसिको निर्देशन डेबयु रहेको ड्रिम्स फिल्मका साथै अनमोल र साम्राज्ञीलाई पनि दर्शकहरुले निकै रुचाए ।
२.आर्यन सिग्देल र नम्रता श्रेष्ठ

02
नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको अनस्क्रीन जोडि पनि यो बर्ष निकै चर्चामा रहेका जोडि हुन् । आर्यन र नम्रताले मेरो एउटा साथि बाट फिल्म ईडष्ट्रिमा  सँगै काम सुरु गरेका थिए । अहिले पनि यो अनस्क्रीन जोडिलाई दर्शकहरुले निकै रुचाएका जोडि हुन् । नोभेम्बर रेन फिल्मको ठुलो सफलता पछि गत बर्ष क्लासिक फिल्ममा पनि आर्यन र नम्रताको जोडिलाई दर्शहरुले खुबै रुचाए ।
३.दयाहाङ राई र रीस्मा गुरुङ

044
फिल्म कबड्डी र सिरीज फिल्म कबड्डी कबड्डीमा लीड रोलमा अनस्क्रीन रोमान्स गरेका जोडि दयाहाङ राई र रीस्मा गुरुङको जोडिले पनि निकै चर्चा पाएको छ । रीस्मा गुरुङले फिल्ममा दयाहाङ लाई मन नपरे पनि यो अनस्क्रीन जोडि पनि चर्चामा रहेका जोडि हुन् ।
४.प्रसान्त तामाङ र रजनी केसि

05
फिल्म परदेशी सँगै फिल्मका लीड रोलमा अभिनय गरेका कलाकार प्रशान्त तामाङ र रजनी केसिको जोडिलाई पनि दर्शकहरुले रुचाएका थिए । फिल्म परदेशीले गत बर्षको बक्स अफिसमा भिन्दै रेकर्ड पनि राखेको छ । फिल्म बिदेशीएका नेपालीहरुको कथामा अधारीत थियो ।
५.बिनय श्रेष्ठ र मेनुका प्रधान

03
फिल्म रेसम फिलीलीमा मुख्य भुमिकामा अभिनय गरेका कलाकार बिनय श्रेष्ठ र मेनुका प्रधानको अनस्क्रीन जोडिलाई पनि दर्शकहरुले निकै रुचाएका जोडि हुन् । फिल्म रेसम फिलीली गत बैशाख ११ गते प्रदर्शनमा आएको थियो । फिल्मले राम्रो प्रतिकृया पाउँदै गर्दा १२ गतेको शक्तिशाली भुकम्पले गर्दा रीलीजमा पोष्टपोण्ड भएको थियो । भुकम्पको अबरोध पछि भदौको ११मा फिल्म पुनः प्रदर्शनमा आएको थियो तर फिल्मले खासै चर्चा पाउन सकेन ।
६.प्रदिप खड्का र पूजा शर्मा

06
प्रदिप खड्का र पूजा शर्माको अनस्क्रीन जोडीलाई पनि दर्शकहरुले निकै रुचाएका जोडिको रुपमा चिनिन्छ । फिल्म प्रेमगीतमा प्रदिप र पुजाले अनस्क्रीन रोमान्स गरेका थिए । प्रेमगीत फिल्मले पनि गत बर्ष बक्स अफिसमा राम्रो रेकर्ड राखेको थियो ।
७.खगेन्द्र लामिछमने र बर्षा शिवकोटि

07
त्यस्तै गत बर्ष राम्रो ब्यापार गर्न सफल फिल्म पशुपति प्रसादको कलाकार खगेन्द्र लामिछाने र बर्षा शिबकोटीको जोडि पनि निकै चर्चामा रहेको अनस्क्रीन जोडी हुन् । फिल्मले समसामयीक भिखारीको कथा बस्तुलाई उठाएको थियो ।
८.निखील उप्रेति र नीशा अधिकारी

08
एक्शन नायक निखील उप्रेति र नीशा अधिकारीको अनस्क्रीन जोडिलाई पनि दर्शकहरुले मन पराएका जोडि हुन् । निखील र नीशाले निखिल उप्रेतिको गत बर्षको दोस्रो फिल्म लुटेरामा अनस्क्रीन रोमान्स गरेका थिए ।
९.पल शाह,बर्षा रावत र आँचल शर्मा

099
गत शुक्रबार बाट दर्शकमाझ प्रदर्शनमा आएको सिरीज फिल्म नाई नभन्नु ल ४ को नव कलाकारहरु पल शाह, बर्षा रावत र आँचल शर्माको अनस्क्रीन जोडि पनि दर्शकहरुले निकै रुचाएका छन् । फिल्म रीलीज पुर्व नै फिल्मका गीत संगीतहरुले निकै चर्चा कमाई सकेको छ ।
१०.सौगात मल्ल र केकी अधिकारी

01001010
फिल्म फन्कोमा अनस्क्रीन रोमान्स गरेका जोडि सौगात मल्ल र केकी अधिकारीको जोडि पनि गत बर्ष चर्चामा रहेका जोडि हुन् ।
जे होस् गत बर्ष रीलीज भएका फिल्महरुमा नचलेपनि फिल्मका अनस्क्रीन जोडिहरु भने निकै चर्चामा आएका छन् ।
sarad feature

LIVE TV