१ बैशाख २०७३, बुधबार

२०७३ साल बैशाखको पहिलो सातादेखि नयाँ रेडियो नाटक ‘मै सरी सुनाखरी’  नेपालीमा र ‘हिलकोर’ मैथिली भाषामा प्रशारण गर्ने भएको छ । नेपालका प्रथम राष्ट्रपति रामबरण यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको घोषणा गरियो। नाटकहरु रेडियो नेपाल, रेडियो कान्तिपुर र उज्यालो नाइन्टी नेटवर्क अन्तर्गतका ४० वटा स्थानीय रेडियोहरुबाट साताको दुई चोटी पटक दुई वर्षसम्म प्रसारण गरिनेछ ।

timthumb.php

फाउन्डेसनले कार्यक्रममा नाटकले लक्षित समुदायममा प्रभाव पार्दै सकारात्मक परिवर्तनमा सहयोगी बन्ने विश्वास लिएको जनाएको छ।नाटकमा बाल विवाह, बालिका शिक्षा, पोषण, परिवार नियोजन र प्रजनन स्वास्थ्यसँग जोडिएका जीवन्त ढङ्गले प्रस्तुत गर्ने कोशिश गरिएको एन्टेना फाउन्डेसनले कार्यक्रममा जानकारी दिएको छ ।

‘मेरो १४ बर्षको उमेरमा नै बिहे भयो जतिबेला बा आमाले नै बिहे गराइदिन्थे,कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपतिले भने। हामीले एक अर्कालाइ नहेरी बिहे गर्यौं । बिहे पछि मैले पढे‌  र डक्टर बनें । श्रीमतीले पढिनन् । मेरी २ जना दिदीहरुले छोरी भएकै कारणले पढ्न पाएनन् । आज त्यसको साठि बर्ष पछि समय फेरिएको छ । तर कलम हुन पर्ने हातमा अझ पनि केहि किशोरीहरुको काखमा बच्चा छ । जसको लागि हामीले धेरै गर्नुछ आ आफ्नो ठाउँबाट । बालबिबाह बिरुद्धको यो अभियानमा मेरो पुरा समर्थन छ । त्यसै गरि सम्बिधानको कार्यान्वायनको लागि पनि आव्हवान गर्दछु ।’

 

LIVE TV