१ बैशाख २०७३, बुधबार

आकाश अधिकारी निर्देशीत फिल्म ‘के म तिम्रो होईन र’को शिर्ष गीत रीलीज भएको छ । फिल्मको शिर्ष गीतको रुपमा रहेको (के म तिम्रो होईन र… ) बोलको गीत रीलीज भएको हो । उक्त रीलीज गीतमा आर्यन अधिकारी र मरीष्का पोखरेलले फिचरीङ गरेका छन् । गीतको संगीत भने बसन्त सापकोटाको रहेको छ । के म तिम्रो होईन र बोलको रीलीज गीतलाई अन्जु पन्त र उदित नारायण झाले स्वरबद्ध गरेका छन् । गीतको शब्द निर्देशक आकाश अधिकारीले लेखेका हुन् । नृत्य निर्देशन बसन्त श्रेष्ठले गरेका छन् ।

ghj
बैशाखको ३१ मा रीलीज टार्गेट रहेको फिल्म ‘के म तिम्रो होईन र’लाई आकाश अधिकारीको निर्देशनमा सुरेश अधिकारीले निर्माण गरेका हुन् । अधिकारी ब्रदर्श फिक्चर्सको ब्यानरमा फिल्म बनेको छ । फिल्मको संवाद यम थापाको रहेको छ । द्धन्द निर्देशन हिमाल केसिले गरेका छन् । प्रोडक्शन डिजाईनरको रुपमा सुरज आचार्य रहेका छन्, भने अर्जुन केसि,भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

sard
फिल्म कोहिनुर पछि निर्देशक आकास अधिकारीले दर्शकमाझ ‘के म तिम्रो होईन र’फिल्म ल्याउदै छन् । जुन दर्शकहरुको लागि पखाईको फिल्म रहेको छ । यसै ‘के म तिम्रो होईन र’ फिल्मबाट आर्य अधिकारी र मरीष्का पोखरेलले नेपाली फिल्म क्षेत्रमा प्रबेश गरेका छन् ।

LIVE TV