
‘सुसाइड स्क्वाड’ हलिउड सुपरहिरो फिल्म को नयाँ ट्रेलर रिलिज भएको छ। डिसी कमिक्समा आधारित फिल्मको ट्रेलर समय अगावै लिक भएपछि निर्माण कम्पनी वार्नर ब्रदर्सले ट्रेलर रिलिज गरेको बताइन्छ।
विल स्मिथ, जेरेड लेटो, मार्गेट रोबी आदि अभिनित फिल्मको ट्रेलरलाई २४ घन्टामा १४ लाख पटक यूटियूबमा हेरिएको छ।