३० चैत्र २०७२, मंगलवार

२०७२ सालमा नेपालीले निकै कठिन परिस्थितिबाट गुज्रिनु प¥यो । सालको सुरुवातमा प्रकृतिक विपत्ती भुकम्प र त्यसमा परि हजारौँले ज्यान गुमाए । भुकम्पमा परि लाखौँको घर विस्थापित भयो ।

धार्मिक सम्पदाहरु ढले र सांस्कृतिक धरोहरहरु मासिए । यही बीचमा संविधान जारी भयो र देशले नयाँ सरकार पायो ।  नयाँ सरकारले देश पुननिर्माण गर्ला भन्ने धेरै आश थियो तर, सरकारका प्रधानमन्त्री, मन्त्रीहरु कार्यक्रम उद्घाटन गर्न र प्रतिबद्धता जनाउनमा मात्र अघि सरे ।

new year

नयाँ बनेको सरकारले देशको अर्थतन्त्र र भत्किएका सांस्कृतिक सम्पदाहरुको निर्माण गर्नमा अग्रसर होला र तदारुकता देखाउला भन्ने सबैको आश थियो । अफसोच, त्यसो नभइ पुन निर्माणका काम र अर्थतन्त्र सबल हुन सकेन । मन्त्री तथा नेताहरुले विभिन्न समारोह उद्घाटन गर्नमा मात्र व्यस्त भए ।

मन्त्रीहरु आफैले पनि कार्यक्रमहरुमा जाने गरेको स्वीकारेका छन् । जनसम्पर्क र सरकारका कुराहरु राख्नका लागि कार्यक्रममा सहभागी हुनु आवश्यक रहेको मन्त्रीहरुको भनाई छ । ६ महिने कार्यकालमा प्रधानमन्त्री केपी ओलीले फिल्मको सीडि बिमोचनदेखि लिएर दुई दर्जनभन्दा बढि कार्यक्रम उद्घाटन गर्न पुग्नु भयो । तर उहाँले सपथ लिदैं साथ घोषणा गरेको तुइन बिस्थापित गर्ने निर्णय कार्यान्वयनमा भने तदारुकता देखिएन । ६ महिनामा बल्ल बल्ल तीन वटा तुइनमात्र हटेका छन् ।

कानुन मन्त्री अग्नी खरेलले ८ वटा कार्यक्रममा सहभागी भएको स्वीकार्नुभयो । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले २०७२ सालमा २८ देखि २९ वटा कार्यक्रममा सहभागी भएको  स्वीकार्नुभयो । सरकारको घोषणा अनुरुप खनिज पदार्थलाई उत्खनन गरेर देशको अर्थतन्त्र बलियो बनाउने तर्फ आफु खरो रुपमा उत्रिएको उद्योग मन्त्री पाण्डेले बताउनुभयो ।

भुकम्पले त्रसित बनाएको मुलुकमा निकै नै ठूलो भुमिका खेल्ने शान्ति तथा पुननिर्माण प्राधिकरणले देशको शन्ति व्यवस्था र पुननिर्माणको कामको लागि लागि परेको दावी गरेको छ ।

शान्ति तथा पुिननिर्माण मन्त्री एकनाथ ढकालले शासकीय प्रणाली र पुननिर्माणका कार्यमा आफु प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले कार्यक्रम उद्घाटन गर्ने तर्फ केन्दि«त नभइ देशको सुशासन र शासकीय प्रणालीमा ध्यान दिएको बताउनुभयो  ।

धेरै मन्त्रालय छन् यहाँ, तर अहिलेसम्म एउटा मन्त्रालयको नाम लिन पनि मुस्किल छ जुसले यो वर्ष आफुले घोषणा गरेको योजना पुरा गरेको होस् ।  नयाँ वर्ष २०७३ पनि प्रधानमन्त्री र मन्त्रीहरु कार्यक्रम उद्घाटन र झुटो प्रतिबद्धतामा मात्र सिमित नरहुन् । आउँदो वर्ष सबै मन्त्रालयले मुलुक उकास्ने काममा लागुन् । नयाँ वर्ष २०७३ को यही शुभकामना ।

 

LIVE TV