३० चैत्र २०७२, मंगलवार

हेटौँडा, काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको ना ४ ख २९७२ नं को ट्रकले हेटौँडा–नारायणगढ सडक खण्डमा बसपार्क नजिकै एक पैदलयात्रुलाई आज अपराह्न ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।

truck
मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला गाविस–६ बस्ने ५३ वर्षीय सानुकान्छा थिङ लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रक चालक पर्सा जिल्ला बेलुवा–७ का २४ वर्षीय वीरेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नियन्त्रण कक्षले जनाएको छ । रासस

 

LIVE TV