ओखलढुंगाको डढेलो बस्तीमा सल्किदा नौ घर जलेर नष्ट, गाउँलेलाई सुरक्षित स्थानमा सारियो
ओखलढुंगाको रानीवनमा एक सातादेखि लागेको आगो नियन्त्रणमा नआउँदा सिंहदेवी गाविसका ९ घर जलेर नष्ट भएका छन् ।
डढेलोले सिंहदेवी गाविस ३ चिउरीडाँडाको खड्का बस्ती जलेको हो ।
जनपथ र सशस्त्र प्रहरीको टोलीले गाउँलेहरुलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी दिपेन्द्र शाहले जानकारी दिनुभयो ।
सिहंदेबीको नौबिसे चिउरीडाँडाबाट सल्केको आगो पँहेले र सुगुरे सामुदायिक बन हुँदै गाउँमा पसेको हो ।
आगोले पसलटार लघु जलबिद्युत आयोजनाको प्रसारण लाइनमा पनि क्षति पुगेको छ ।
सुँगुरेमा विद्युतको पोल तथा तार जलेकाले बिद्युत आपूर्ति अवरुद्ध भएको छ ।
डढेलोले रानीवन गाविसका लक्ष्मीटार, राजदेवल, विमिरे लगायतका सामुदायिक बनमा क्षति पुगेको छ ।