३० चैत्र २०७२, मंगलवार

व्रिटिश नम्बर एक एन्डी मुर्रे र नम्बर दुई अल्जाज बेनेडे जारी मोन्टे कार्लो टेनिसको अघिल्लो चरणमा पुगेका छन् । नम्बर दुई अल्जाज बेनेडेले अव स्पानिस राफेल नाडालसग अघिल्लो चरणको लागि भिड्नेछन् ।

nadal

फ्रान्सको क्याप मार्टिनमा जारी मोन्टेकार्लौ रोलेक्स मास्टर्स टेनिस अन्तरगत गएराति भएको खेलमा जित हात पारेपछि अल्जाज बेनेडेको भेट दोस्रो चरणमा नाडालसग पक्का भएको हो । चेक रिपब्लीकका लुकास रोसोललाई पराजित गरेपछि अघिल्लो चरणमा प्रवेश गरेका हुन् । उनले लुकासलाइ दुई शुन्यको सोझो सेटमा हराएका हुन् ।

उनले पहिलो सेटमा ६–२ र दोस्रो सेट ६–३ ले पराजित गरे । विश्व परीयताको पाचौ स्थानमा रहेको राफेल नाडालले भने पहिलो चरणमा बाई पाएका थिए ।  गएरातिनै भएको अन्य खेलमा विटिश नम्बर एक एन्डी मुर्रेले पनि जित हात पारे । सर्वियाका पाभ्लो किउभासलाई हराउदै दोस्रो चरणमा प्रवेशमा गरेका हुन् ।

 

 

LIVE TV