३० चैत्र २०७२, मंगलवार

काठमाडौँ, उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले सरकारले सातै प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको तयारी गरिसकेको बताउनुभएको छ ।

pardesh
युवा सङ्घ नेपालको आयोजनामा आज यहाँ आयोजित ‘समृद्ध नेपाल निर्माणमा युवा र सञ्चारको भूमिका’ विषयक कार्यक्रममा मन्त्री पाण्डेयले अब मुलुक आर्थिक क्रान्तिमा प्रवेश गरिसकेको बताउँदै सङ्घियता कार्यान्वयनसँगै सबै प्रदेशमा छुट्टाछुट्टै औद्योगिक क्षेत्रको खाका तयार भइसकेको बताउनुभयो ।

“युवालाई विदेशिनबाट रोक्न सरकारले सातै प्रदेशमा युवामैत्री रोजगारी सिर्जना गर्नेछ” उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आमसञ्चारले दिने सहि सूचनाले मुलुक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सबै सञ्चारकर्मीलाई जिम्मेवार र उत्तरदायी ढङ्गले आफ्नो भूमिकालाई मनन् गर्न आग्रह गर्नुभयो ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सञ्चारमाध्यमको कामप्रति असन्तुष्टि व्यक्त गर्दै ठूला सञ्चारगृहले नै राजनीतिक द्वन्द्वलाई बढावा दिइरहेको आरोप लगाउनुभयो । सङ्घका अध्यक्ष राजीव पहारीले सञ्चार माध्यमबाट युवाले सहि सूचना प्राप्त गर्ने अधिकार रहेको बताउँदै त्यही सूचनाको बलमा युवाले देश निर्माणमा आफूलाई क्रियाशील बनाउने भएकाले आमसञ्चारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । रासस

 

LIVE TV