३० चैत्र २०७२, मंगलवार

फिल्म ‘जंगे’को साउण्ड ट्रयाक सार्वजनीक भएको छ । सुरज सिंह ठकुरीले मुख्य भुमिकामा अभिनय गरेको फिल्म ‘जंगे’लाई उत्कल थापाले निर्देशन गरेका छन् । रीलीज गरीएको ओरीजीनल साउण्ड ट्रयाकमा सुरज सिंह ठकुरीको एक्शन अवतार देखाईएको छ । ब्याक ग्राउण्ड स्कोर र पात्रको चरीत्र मार्फत ओएसटी तयार गरीएको छ । ‘जंगे’फिल्ममा अल्मोडा उप्रतीको कम्पोजिशन र मानस राजको शब्द रहेको छ ।

0121212.
‘जंगे’ फिल्ममा सुरज सिंह ठकुरी, ऋचा शर्मा, अनुप बराल,सिख शाही,सुशिल राज पाण्डे,जोयस पाण्डे,प्रदीप ढकाल, दृश्य सुबेदी,सुसाङक मैनाली लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । ‘जंगे’फिल्म यहि बैशाख १७ गतेबाट दर्शक सामु प्रदर्शनमा आउँदैछ । ‘जंगे’ फिल्मको सम्पादन उज्वल ढकालले गरेका हुन् । अल्मोडा उप्रतीको संगीत तथा राजेन्द्र, राजबहकको नृत्य निर्देशन रहेको छ । त्यस्तै सम्रात बस्नेतले द्धन्द निर्देशन गरेका छन् । फिल्मलाई सुसन प्रजापति र उत्कल थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको निर्देशकको  रुपमा उत्कल थापा रहेका छन् ।

LIVE TV