३० चैत्र २०७२, मंगलवार

 

नेपाली सेनाको सैनिक हवाई महानिर्देशनालयले आˆना जहाज तथा हेलिकप्टर बिमा गराउँदा बास्तविकभन्दा निकै कम मूल्य निर्धारण गरेको खुलेको छ ।

महानिर्देशनालयसँग रहेका २५ जहाज तथा हेलिकप्टरको बीमा मूल्य कम देखाइएकै कारण अर्बौं रुपैयाँ जोखिममा परेको सोमबार सार्वजनिक महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको आजको नागरिक दैनिकमा समाचार छ ।

Nepal-Army-MI-17-helicopter

हवाई बिमामा सेनाको आर्थिक गतिविधि शंकास्पद रहेको समेत प्रतिवेदनको निक्र्यौंल छ ।

सेनाले एउटै हेलिकप्टरमा वास्तविक मूल्यभन्दा साढे ५४ करोड रुपैयाँ कम कायम गरी बिमा गरेको पाइएको छ । भारतबाट २०७१ मंसिर ६ गते उपहारस्वरुप प्राप्त एएलएच हेलिकप्टरको मुल्य ३० लाख  अमेरिकी डलर कायम गरी हल रिस्क, हलवार रिस्क, तेस्रो पक्ष, सिट कभरेजसमेतको बिमा गरिएको छ ।

सेनाले राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग २ लाख ११ हजार ९ सय १५ अमेरिकी डलरमा सम्झौता गरेको हो । सेनाले २०७१ भदौ ५ गते राष्ट्रय बिमा कम्पनीसँग बिमा सम्झौता गरेको हो ।

भारतले उपहार दिएको एएलएच हेलिकप्टरको अनुमानित मूल्य भारतीय रुपैयाँ ५४ करोड भनी काठमाडौं स्थित दूतावासले सेनालाई जानकारी गराएको थियो ।  यसअनुसार उक्त हेलिकप्टरको नेपाली मूल्य ८६ करोड  ४० रुपैयाँ हुन आउँछ ।

 

LIVE TV