२९ चैत्र २०७२, सोमबार

मेलम्ची, चैत २९ गते । विगत लामो समयदेखि विवादमा रहेको सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाविस–७ स्थित एभरेस्ट चिया बगान र होटल व्यवसायीबीच होटलसम्म आउने पर्यटकलाई निर्वाद रुपमा आवतजावत गर्न दिने सहमति भएको छ ।

बीस वर्षदेखि सञ्चालनमा रहेको चिया बगानमा व्यवस्थापनले अर्गानिक चिया उत्पादन गर्ने उद्देश्यले होटल व्यवसायीलगायत आन्तरिक तथा बाह्य पर्यटकलाई समेत छ महिना अघिदेखि रोक लगाएको थियो ।

 

अर्गानिक खेतीकोे लागि बगानभित्रको होटल हटाउनुपर्ने, होटल व्यवसायी र पर्यटकलाई प्रवेश निषेध गरेको एभरेस्ट चिया बगानले बगानमा प्रवेश गर्न नदिने भन्दै सार्वजनिक रोडमा छेकवार गरी सडकसमेत अवरुद्ध गरेको थियो ।

एक महिनाअघि इलाका प्रहरी कार्यालय मेलम्चीको संयोजकत्वमा होटल व्यवसायीको दुई पाङ्ग्रे सवारीसाधन तथा होटल व्यवसायीलाई निर्वाधरुपमा आवतजावतका गर्न दिइने सहमति मात्र भएको थियो भने अहिले पर्यटकलाई बगानभित्रको होटल तथा रेस्टुराँसम्म जान दिने सहमति भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीले बताउनुभयो ।

चिया बगानको व्यवस्थापकले सार्वजानिक सडक अवरुद्ध गरेकाले बगानभित्रको होटल व्यवसायीलाई आफ्नो होटलको संरक्षणको लागि अवरोध भएको र करोडौँको लगानी गरिएको होटलमा समेत पर्यटक आउन दिने दुइपक्षीय सहमतिपश्चात् होटलको लगानी उठ्न नसक्ने चिन्ता हटेको एक होटल व्यवसायीले बताउनुभयो ।
चिया बगानसँगै सोही रुट भएर मेलम्ची खानेपानी आयोजना तथा

 

LIVE TV