२९ चैत्र २०७२, सोमबार

ग्यास उद्योगीले एक साताभित्र सबै उपभोक्तालाई खाना पकाउने ग्यास उपलब्ध गराउने बताएका छन् । काठमाडौं उपत्यकाका सबै उपभोक्तालाई ग्यास पु¥याउन आजदेखि एक सातासम्म अभियान सञ्चालन हुनेछ ।
अभियानको पहिलो दिन आज भक्तपुरका सबै डिलरमा ग्यास पु¥याउने र बिहान ११ बजेदेखि वितरण थाल्ने तयारी भएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो । यस्तै मंगलबार काठमाडौंको नयाँ बानेश्वर, कोटेश्वर, बत्तिसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर र बबरमहल क्षेत्रमा ग्यास वितरण हुनेछ । वैशाख १ गते भने ग्यास वितरणको तालिका छैन ।

तालिका अनुसार वैशाख २ गते काठमाडौंको पुरानो बानेश्वर, सिनामंगल, गौशाला, चाबहिल, बौद्ध, चुच्चेपाटी, कपन, साँखु, सुन्दरीजल र नयाँबस्ती क्षेत्रमा ग्यास बिक्री हुनेछ । ३ गते ललितपुर क्षेत्रमा तथा ५ गते काठमाडौंकै न्यूरोड, असन, लगन, पुतलीसडक, कालिकास्थान, त्रिपुरेश्वर, डिल्लीबजार, ज्ञानेश्वर र मैतीदेवीका उपभोक्ताले ग्यास पाउने छन् । ४ गते भने शनिबार परेकाले ग्यास बिक्री नहुने संघले जनाएको छ ।

LP_gas
यस्तै ६ गते कंलकी, थानकोट, बल्खु, कीर्तिपुर, सतुंगल, कालिमाटी, बाफल, बालाजु, सीतापाइला र स्वयम्भूमा ग्यास वितिरण गर्ने कार्यतालिका छ । अभियानको अन्तिम दिन अर्थात ७ गते महाराजगञ्ज, बुढानिलकण्ठ, गोंगबु, लाजिम्पाट, दरबारमार्ग, बालुवाटार, विशालनगर, भाटभटेनी र धुम्बाराही क्षेत्रमा ग्यास बिक्री गरिने उद्योगीले बताएका छन् । उद्योगीका अनुसार लामो समयदेखि ग्यास अभाव खेप्दै आएका उपभोक्तालाई मात्रै वितरण गरिनेछ । सबै उपभोक्तलाई ग्यास पु¥याउन प्रति परिवार एक सिलिण्डर मात्रै वितरण गरिने छ । विभिन्न २७ कम्पनीले दैनिक ३५÷४० हजार ग्यास भरिएका सिलिन्डर बजारमा पठाउने तयारी गरेका छन् ।

LIVE TV