२९ चैत्र २०७२, सोमबार

सिरियामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले इसाइ धर्ममान्ने २१ जनाको हत्या गरेको छ ।

आइएसका लडाकुले सिरियाको अल–कार्याटन बजारका २१ जना बासिन्दाको हत्या गरेको र ती सबै इसाइ धर्मावलम्बी रहेको सरकारी अधिकारीले बताएका छन् ।

siriya-720x480
यो साताको सुरुमा रुसी सैनिकको सहयोगमा सिरियाली सैनिकले त्यहाँबाट आइएसका लडाकुलाई हटाएको थियो । गएको वर्षको अगस्टमा आइएसले सिरियामा परम्परागत मुख्य चर्च रहेको अल–कार्याटन आफ्नो नियन्त्रणमा लिएको थियो । अहिले त्यहाँ तीन सय जना इसाइ धर्मावलम्बी रहेको र आइएसले यो अवधिमा २१ जनाको हत्या गरेको उल्लेख छ । मारिनेमा तीन जना महिला पनि रहेका छन् । पाँच जना अझै बेपत्ता रहेको र उनीहरुको पनि हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

LIVE TV