२८ चैत्र २०७२, आईतवार

इरान, इरानी विदेशमन्त्री जाभाद जरिफले आइतबार आफ्ना इस्टोनियाली समकक्षी मारिना कालजुरान्दसँगको भेटमा इरानको मिसाइल कार्यक्रमबारे संयुक्त राज्य अमेरिकासँग वार्ता हुन नसक्ने बताउनुभएको छ ।

missile_launch-by-Northkorea-430x316
इरानको मिसाइल कार्यक्रम र प्रतिरक्षात्मक शक्तिका बारे इरान अमेरिकासँग वार्ता गर्न सक्दैन, जरिफले उक्त अवसरमा भन्नुभयो ।

यदि वाशिङ्गटन मध्यपूर्वको सुरक्षा विषयमा गम्भीर छ भने उसले साउदी अरब र इजरायललाई पु¥याउँदै आएको सैन्य हतियार आपूर्ति रोक्नु पर्छ ।

साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले इरान क्षधर सिया विद्रोहीमाथिको कारबाहीमा यमनमा सन् २०१५ देखि हवाई आक्रमण गर्दै आएको छ । इरानले पनि इजरायलविरोधी लडाकू समूहलाई सहयोग गर्दै आएको छ ।

गएको बिहीबार अमेरिकी विदेशमन्त्री जोन केरी संयुक्त राज्य अमेरिका र सहयात्री मुलुकले इरानलाई मिसाइल कार्यक्रमलगायतका विषयमा शान्तिपूर्ण समाधानको नयाँ व्यवस्थापन गर्ने कार्यमा तयार रहेको बताउनुभएको थियो ।

केरीले पहिला इरानले भड्काउपूर्ण क्षेप्यास्त्र परीक्षण तथा आक्रमणलाई रोक्न तयार रहनुपर्ने बताउनुभएको थियो ।

जरिफले आइतबारको कुराकानीमा अमेरिकाका मध्यपूर्वी सहयोगी राष्ट्रहरुले गोप्य तरिकाले अतिवादी इस्लामिक स्टेट समर्थक समूहलाई सहयोग गर्ने गरेकोसमेत सङ्केट गर्नुभएको छ ।

अमेरिकाले क्षेत्रीय सुरक्षा विषयलाई गम्भीर रुपले हेर्नुपर्छ र इरानमाथि लगाउँदै आएका आधारहीन पुराना आरोपलाई उठाउनु पर्छ, जरिफले भन्नुभयो ।

केरीले आफ्ना मध्यपूर्वी सहयात्रीलाई इस्लामिक स्टेट समूहद्वारा प्रयोग गर्दै आएका हतियार कहाँबाट आउँछन् भनी सोध्नु र बुझ्नु जरुरी छ, जरिफले थप्नुभयो । रासस÷एपी

 

LIVE TV