२८ चैत्र २०७२, आईतवार

रेडियोग्राफी सम्बन्धि पद तथा दरबन्दीका सम्बन्धमा नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्य मन्त्रालयमा १० दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको समय सिमा बितिसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै नेपाल रेडियोलोजिकल सोसाइटी आन्दोलनमा उत्रिएको छ ।nrs_logo_final-1

सोसाइसटीले १० दिन अगाडि स्वास्थ्य मन्त्री रामजनम चौधरी तथा स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको थियो  ।

सोसाइटीले विभिन्न पटक–पटक रेडियोग्राफीसम्बन्धि माग तथा सुझावहरु पेश गर्दा समेत मन्त्रालयले वेवास्ता गरेको भन्दै १० दिने अल्टिमेटम दिएको थियो जिल्ला अस्पताल मा एक जना रेदियोग्रफिको भरमा चलाएको तर दरबन्दी नखुलाउनु रहस्यमे भएको भन्दै सोसाइटीले बिरोध जनाएको छ  ।

सोसाइटिका अध्यक्ष मुकेशकुमार झा ले आफुहरुको माग पूरा नभए देशका सबै अस्पतालको रेडियो ग्राफी सेवा बन्द गरेर आन्दोलन मा उत्रिने चेतावनी दिनु भयो ।

नेपाल रेडियोग्राफी सोसाइटीको माग रेडियोग्राफी व्यवसायको वर्तमान अवस्था,उपलब्ध पुर्वाधार र आवश्यक प्राविधिक  जनशक्तिका सन्दर्भमा जानकारी, सुझाव र सिफारिस समेत समेटिएको ज्ञापनपत्रमा रेडियोग्राफी

समुह (मेडिकल इमेजिङ्ग टेक्नोलोजी) अन्तर्गत रेडियोग्राफी टेक्नोलोजीष्ट (प्राविधिक अधिकृत,सातौ)को पद तथा दरबन्दी यथाशीघ्र सिर्जना गरि आउदो आर्थिक वर्षमा लोकसेवामार्फत पदपूर्ति गरिनुपर्ने, सरकारी अस्पतालहरुमा रेडियोग्राफरको दरबन्दी बढाइनुपर्ने, डार्करुम असिस्टेन्ट पदको औचित्य र वैधानिकता नरहेकाले सो पदका थप दरबन्दी बन्द गरि सो दरबन्दी रेडियोग्राफरको दरबन्दीमा थप गरिनुपर्ने, रेडियोग्राफी तथा रेडियोलोजी क्षेत्रलाई हेर्ने स्वास्थ्य मन्त्रालय वा बिभागमा एउटा छुट्टै संरचना स्थापना

गर्नुपर्ने लगायतका मागहरू सोसाइटीले राखेको छ । नेपाल रेडियोलोजिकल सोसाइटीका सचिव भीम थापा (अरुण)ले स्वास्थ्य मन्त्रालय र सरकारको लापरवाही विषयगत ज्ञानको कमिका कारण नेपालमा रेडियोग्राफी व्यवसाय अत्यन्त पछि परेको भन्दै सरकारको यो क्षेत्र प्रतिको बेवास्ता ले सर्बसाधारणले गुणस्तरीय स्वास्थ्य सेवाबाट बन्चित हुनु परेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

एकातिर स्वास्थ्य सेवा सहज नहुनु र अर्को तिर द्क्ष जन्शाक्तिलाई प्रयोग गर्न नसक्नु सरकार कै कमजोरी देखिएको छ । यस्मा सम्बन्धित पक्षले समयमै ध्यान पु¥याउनु जरुरी छ ।

 

LIVE TV