२८ चैत्र २०७२, आईतवार

चिकित्सा विज्ञानलाई चुनौती दिँदै सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज श्री रामानन्दाचार्य पोखरामा भूमि समाधिमा बस्नुभएको छ । रामघाटस्थित जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा कार्यालयमा बैशाख ३ गते सम्म  ९ दिनका लागि बिना अक्सिन समाधिमा बस्नुभएको हो ।

baba

समाधिका लागि ५ फिट लम्बाई र ३ फिट चौडाईको काठको बाकस बनाइ प्लास्टिकले बेरिएको छ । त्यही काठको बाकसमा माटोले पुरेर उहाँ समाधिमा बस्नुभएको हो । जसमा अक्सिजन नछिरोस् भन्नका लागि बाहिरबाट प्लाष्टिक, सेतो कपडा, कम्मलले बेरिएको छ भने बाकसलाई ४ वटा साँचो लगाइएको छ ।

बाकसको माथिल्लो भागमा बालुवा माटोले पुरिएको छ । उहाँ पहिलो पटक २०६५ सालको रामनवमीमा सुनसरीको चतरामा भूमि समाधिमा बस्नुभएको थियो । गुरूको समाधिपछि  उहाँले रामार्चन यज्ञ तथा विशेष अनुष्ठानमा प्रवचन दिनुहुने कार्यक्रम तय भएको छ ।

पोखरा कार्यक्रमको संयोजन नरनारायण बाबा आश्रम पश्चिमाञ्चल शाखा परिवार, जगतगुरु श्री रामानन्दाचार्य सेवापीठ पोखरा शाखा परिवार र नारायणस्थान धार्मिक क्षेत्र विकास समिति नारायणस्थान पोखराले संयुक्त रुपमा गरेका छन् ।

 

LIVE TV