२८ चैत्र २०७२, आईतवार

काठमाडौँ, लोकतन्त्र दिवस तथा गत वैशाखमा गएको भूकम्पमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

futsal
एथलेट अफ नेपाल स्पोर्टस् युनिभरसिटी (अंसु)को आयोजना तथा बल्खु व्वाइज (बि–व्वाइज)को संयोजकत्वमा हुने प्रतियोगिता आगामी वैशाख ११ गते शनिबार अर्थात् भूकम्प गएको वर्षदिनलाई पारेर हुन लागेको हो । प्रतियोगितामा ‘फाइनान्सियल इन्सटिच्युसन’का कर्मचारीको मात्र सहभागिता रहने प्रतियोगिता संयोजक तथा अंसुका अध्यक्ष पर्शुराम बास्तोलाले जानकारी दिनुभयो ।

धन्वन्तरी फुटसल प्रालि धुम्बाराहीमा हुने प्रतियोगितामा विजयी टोलीलाई ¥याप्mिङ प्याकेजका साथै पदक र प्रमाणपत्रको व्यवस्था छ । त्यस्तै, उपविजेतालाई बाजेको सेकुवमा डिनरसहित पदक र प्रमाणपत्र तथा तेस्रो स्थान प्राप्त गर्नेलाई नगद रु १५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको दर्ता शुल्क रु आठ हजार रहेको र त्यसबापत खेलाडीलाई बिहान र दिउँसोको खाजाको व्यवस्था गरिएको आयोजकको भनाइ छ । रासस

 

LIVE TV