२८ चैत्र २०७२, आईतवार

साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको छ । शुक्रबार ५४ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आइतबार पनि सोही भाउमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Gold

बिहीबार ५४ हजार १ सय रुपैयाँ कायम भएको सुन शुक्रबार प्रतितोला ४ सयले बढेर ५४ हजार ५ सय पुगेको थियो । शुक्रबारकै भाउमा आइतबार पनि सुन कारोबार भएको हो ।

अमेरिकी डलरको उतारचढावका कारण सुनको भाउमा घटबढ र स्थिर जस्ता स्थिति देखिएको महासंघको भनाई छ ।

त्यस्तै चाँदीको भाउ पनि आइतबार स्थिर रहँदै ७ सय १५ रुपैयाँ कायम भएको छ ।

 

LIVE TV