२८ चैत्र २०७२, आईतवार

दमौली, तनहुँको जामुने गाविस–४ माथिल्लो गुणादीस्थित जरेबरको घुम्तीमा आज ग१त २२२५ नं को ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् ।

cn}+rL lnP/ w/fg tkm{ hfFb} u/]sf] 6ØfS6/ wgs'6fsf] e]8]6f/ ahf/df b'3{6gfu|:t  . pQm b'3{6gfdf rfnssf] d[To' ePsf lyof] . tl:a/ M e]if/fh s6]n, wgs'6f, /f;;
मृत्यु हुनेमा व्यास नगरपालिका–६ साँगेका १२ वर्षीय समीर अधिकारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज ओमप्रकाश पौडेलले बताउनुभयो । दुर्घटनामा परी गम्भीर घाइते भएका बालकको उपचारका लागि दमौलीतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको उहाँले बताउनुभयो ।

घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पताल र दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । रासस

 

LIVE TV