२८ चैत्र २०७२, आईतवार

अर्घाखाँची, उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले सुक्खाग्रस्त जिल्ला घोषणा गरेरै भए पनि जिल्लामा पानीको समस्या समाधान गर्ने बताउनुभएको छ ।
sukhaa
अर्घा धरम्पानीमा दश वर्षमा सम्पन्न भएको भट्टेखोरिया लिफ्टीङ खानेपानी योजनाको आज उद्घाटन गर्दै उहाँले सबै घरमा खानेपानी, गाउँमा मोटरबाटो र विद्युत्भार कटौतीमुक्त जिल्ला बनाउन आफू लागि परेको बताउनुभयो ।

प्रजिअ सुरेन्द्रराज पौडेलले जिल्लाको सबै स्थानमा खानेपानीको समस्या रहेको बताउँदै विद्यालयमा पनि पानी नभएको कारण शिक्षक, विद्यार्थीलाई अप्ठ्यारो भएको बताउनुभयो ।

स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले जिल्लामा पूर्ण सरसफाइको कार्यक्रम चलिरहेकाले खानेपानीको समस्या समाधान गर्न सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्रमुख सुरत बमले जिल्लामा सयौँ लिफ्टीङ खानेपानी योजना सञ्चालन भएको जानकारी दिँदै स्थानीयले नै रेखदेख र मर्मत सम्भार गरेर प्रयोग गर्न सकेमा मात्र आयोजना टिकाउ हुने बताउनुभयो ।

फन बोर्डको रु ८५ लाख २४ हजार, स्थानीय उपभोक्ताको रु २५ लाख ७८ हजार र ४६ लाख ५२ हजार बराबरको श्रमदान गरी कुल रु एक करोड ५६ लाख ९४ हजारको लागतमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णराज आचार्यले बताउनुभयो । योजनाबाट २६६ घर परिवार लाभान्वित भएका छन् । रासस

 

LIVE TV