२८ चैत्र २०७२, आईतवार

पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा भुकम्पवाट क्षति भएका संरचनाको पुन निमार्ण सूरु गरिएको छ । गत बैशाख १२ गतेको भूकम्पवाट क्षतिग्रस्त बनेको भेडेटारको मुख्य आकर्षणको रुपमा रहेको चाल्र्स टावरको पुनर्निमार्ण सुरु गरिएको हो । होटल एसोसिएसन भेडेटारको पहलमा भ्युटावर पुन निमार्ण सुरु गरिएको छ । भूकम्पको कारण भेडेटारको मुख्य आकार्षणको केन्द्रको रुपमा रहेको भ्यु टावर क्षतिग्रस्त भए संगै पर्यटकहरुको आगमन समेत घटेको कारण पुनर्निमार्ण सूरु गरिएको होटल एसोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्जालीले वताउनुभया । पुरानो संरचान भत्काएर नयाँ स्वरुपको बनाउने तयारी सूरु गरिएको उहाँको भनाई छ ।

LIVE TV