२८ चैत्र २०७२, आईतवार

लगातार ६ सिजन ३० गोल गर्ने रोनाल्डो पहिलो खेलाडी, इबरविरुद्धको खेलमा गरेको एक गोलपछि रोनाल्डोको लालिगामा गोल संख्या ३० पुग्यो

ronaldo

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो लगातार ६ सिजनमा ३० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।  गएराति इबरविरुद्धको खेलमा रियल मड्रिड ४–० गोल अन्तरले विजयी हुँदा रोनाल्डोले एक गोल गरेका थिए ।

इबरविरुद्धको यही गोलपछि रोनाल्डोले यो सिजन ला लिगामा गोल संख्या ३० पु¥याउँदै लगातार युरोपियन लिगमा ६ सिजन ३० गोल गर्ने पहिलो खेलाडी बने । बार्सिलोनाका लियोनल मेसीले लगातार चार सिजनमात्रै ला लिगामा ३० गोल भन्दा बढी गोल गर्न सफल भएका छन् ।

म्यानचेस्टर युनाइटेडबाट सन् २०१० मा रियल मड्रिडमा आबद्ध भएका रोनाल्डोले ला लिगामा लगातार ६ सिजनदेखि ३० गोल भन्दा बढी गोल गर्दै आएका छन् । रोनाल्डोले रियल मड्रिडमा आबद्ध भएकै वर्ष ला लिगामा ४० गोल गरेका थिए ।

यस्तै दोस्रो सिजन ४६, तेस्रो सिजनमा ३४, चौथोमा ३१ र पाँचौ सिजनमा ४८ गोल गर्न सफल भएका थिए । यो सिजनमा ला लिगामामात्रै रोनाल्डोले ३२ खेलमा ३० गोल गर्न सफल भएका छन् ।  ला लिगामा यो सिजनमा पनि रोनाल्डो गोलकर्ताको शीर्ष स्थानमै छन् । उनीपछि बार्सिलोनाका लुइस स्वारेज छन् उनले यो सिजन २६ गोल गरेका छन् । तेस्रोमा रहेका मेसीको २२ गोल छ ।

स्पानिस ला लिगा अन्र्तगत गएरातिनै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले स्पानियोललाई तिन एक गोलअन्तरले पराजित गर्दा रियल सोसिडाडले वार्सिलोनालाई र रियल बेटिशले लेभान्टेलाई समान एक शुन्य गोल अन्तरले पराजित गरेको छ । सोसिडाडसंग वार्सिलोनाको एक शून्यको हार एथ्लेटिको मड्रिडलाई शीर्ष स्थानको यात्राका लागि मौका बन्न सक्ने अवस्था उत्पन्न भएको छ । वार्सिलानले शनिबार राति ३२ खेल पूरा गर्दा ७६ अंक बटुलेको छ भने एथ्लेटिको मड्रिड समान खेलबाट ७३ अंक कमाएको छ । अब दुबै टोलीले ला लिगामा ६ खेल खेल्न बाँकी छ ।

 

 

LIVE TV