२८ चैत्र २०७२, आईतवार

नेपाली फिल्महरुको पाईरेसी बढिरहेको छ । भर्खरै मात्र ५१ दिन हलमा लागेको खुशियाली मनाएको चर्चीत फिल्म ‘प्रेमगीत’को पाईरेसी भएको पाईएको छ । फिल्म पाईरेसी भएपछि ‘प्रेमगीत’ फिल्मका निर्माण टिम तनाबमा परेका छन् । फिल्मका निर्माताहरुले अझै पनि ‘प्रेमगीत’ फिल्म भेल्लिका केहि हलहरुमा प्रदर्शन भईरहेको जनाएका छन् ।

premgeet
कोटेश्वर स्थीत मोबाईल पसलबाट पेनड्राईभ मार्फत ‘प्रेमगीत’ फिल्म बिक्रि बितरण गरीएको सुराकी पाएपछि कोटेश्वर र तिनकुने महानगरीय प्रहरी बृत्तले छापा मारेको थियो । प्रहरीहरुले यसरी छापा मार्दा ‘प्रेमगीत’को पाईरेसि भएको फेला परेको थियो । उक्त मोबाईल पसलमा रहेका कम्प्युटर, मोबाईल, ल्याबटभ लगाएतका सामानहरु प्रहरीले जफत गरेको छ ।
फिल्म ‘प्रेमगीत’को पाईरेसीको आरोपमा उक्त मोबाईल पसलका सञ्चालक सहित सात जना प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । ‘प्रेमगीत’नेपालको प्रदर्शन सँगसँगै अहिले नेपाल बाहीरका बिभिन्न शहरहरुमा प्रदर्शनको तयारीमा रहेको छ । फिल्मका निर्माता सेन अहिले हङकङ पुगेका छन् ।
‘प्रेमगीत’को पाईरेसि गर्ने मुख्य ब्यत्ति पक्ता लगाउनका लागि जाहेरी पत्र पाएपछि मात्र अनुसन्धान गरीने प्रहरीहरुले बताएका छन् । साथै फिल्म पाईरेसी भएको सत्य हो, त्यस मध्ये फिल्म जो जो सँग भेट्यौ उनिहरु सबैलाई समातेका छौं प्रहरीले भने । प्रहरीका अनुसार नियन्त्रण रहने मध्ये अधिकांश कलेज पढ्ने बिद्यार्थिहरु रहेका छन् । फिल्म प्रेमगीतलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । आसुसेन फिल्मस्को ब्यानरमा सन्तोष सेनले निर्माण गरेका प्रमगीतमा प्रदिप खड्का र पूजा शर्माले लीड रोलका अभिनय गरेका छन् ।

LIVE TV