२८ चैत्र २०७२, आईतवार

हिजोबाट सुरु नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतुत गरेको प्रतिवेदनमाथि आजबाट छलफल सुरु हुँदैछ ।

kp-oli
अध्यक्ष ओलीले हिजोको बैठकमा राष्ट्रिय राजनीतिका साथै पार्टी संगठनका विषय समेटिएको १२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । पार्टी कार्यालय धुम्बाराहीमा अहिले ११ बजे बस्ने बैठकमा प्रतिवेदनमाथि १० वटा समूहमा रहेर समूहगत छलफल हुने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले नयाँ संविधान अनुसार पार्टीका कमिटी गठन, अञ्चल कमिटीलाई प्रान्तीय कमिटी बनाउने लगायतका बिषय समेटेर प्रतिवेदन तयार गरेका छन् ।

LIVE TV