२८ चैत्र २०७२, आईतवार

नायक रणबीरको आगामी फिल्म ‘बेफिक्रे’को फस्टलुक सार्वजनिक भएको छ । ‘बेफिक्रे’को सार्वजनिक पोष्टरमा रणबीरले वाणी कपुर सँग किस गरीरहेको नजर आएको छ । लिप लक वाला यस ‘बेफिक्रे’फिल्मको पोष्टर अहिले चर्चाको बिषय बनेको छ । रणबीरले आफ्नो ट्वीटर मार्फत उक्त फोटो सार्वजनिक गरेका हुन् ।

012sarad
पेरीसको पृष्ठभुमीमा आधारीत यस फिल्म ‘बेफिक्रे’प्रेम कथाबाट निर्देशक आदित्य आठ वर्ष पछि पुनः फिल्म निर्देशनमा फर्केका छन् । उनले निर्देशन पछिल्लो समयमा निर्देशन गरेका फिल्म शाहरुख खानको बर ने बनाया जोडि थियो ।

02

रणबीरले ट्वीटर मार्फत ‘बेफिक्रे’फिल्मको फस्टलुक सार्वजनिक गर्दै लेखेका छन्,“तपाईहरुले फिल्मको फस्टलुक हेर्न चाहनु हुन्थ्यो, अब मिल्यो । वाणीको साथमा ‘बेफिक्रे’को फस्टलुक  जारी ।” वाणीले यस पोष्टरमा एक क्याप लगाएकी छिन् । जस्मा हु केयर्स मोन अमोउर लेखिएको छ । ‘बेफिक्रे’ फिल्मबाट निर्देशक आदित्यले रणबीर र वाणी सँग पहिलो चोटि काम गर्दै छन् । ‘बेफिक्रे’ फिल्म डिसेम्बरको ९ मा रिलीज हुने भनिएको छ ।

LIVE TV