२८ चैत्र २०७२, आईतवार

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले प्रधानन्यायाधीशमा नियुक्तिका लागि वरिष्ठ न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गर्ने छ ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठले चैत ३० गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेकाले नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को वैठक बसेको हो । वरिष्ठताको आधारमा कार्कीलाई प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदले सिफारिस गर्नेछ । कार्की प्रधानन्यायाधीश भएपछि नेपालमा पहिलो पटक महिला प्रधानन्यायाधीश बन्नेछिन् ।

pm-Baluwatar

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ३० चैतमा अबकाश लिएपछि बरिष्ठ न्यायाधीश सुशीला कार्की कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने छिन् । संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि संसदीय सुनुवाइपछि मात्रै कार्कीले प्रधानन्यायाधीशको जिम्मेवारी पाउनेछिन् । दलहरुवीच संसदको कार्यसञ्चालन नियमावली निर्माणबारे विवादमा बल्झिएकाले कार्कीको संसदीय सुनुवाई ढिलो हुने सम्भावना छ ।
यसअघि शुक्रबार बसेको बैठकमा विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरवहादुर देउवा संसदीय दलको निर्वाचनको कारण देखाउँदै बैठकमा अनुपस्थित भएपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

LIVE TV